PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

छायाँकनमा 'ह्रदय भरी'



पहिलोपोस्ट

छायाँकनमा 'ह्रदय भरी'

काठमाडौं: ४५ दिनको सुटिङ सेड्युल बनाएर 'ह्रदय भरी'को निर्माण युनिटले छायाँकन थालेको छ। फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दैछन्।

राजधानीमा रहेको 'द भ्वाइस अफ नेपाल'को सेटमा ब्युटीप्याजेन्टको दृश्य छायाँकनसमेत गरिएको छ। सोसल ड्रामामा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुँवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बुलगायतको अभिनय रहनेछ। फिल्म मार्फत श्रद्धा क्षेत्रीले डेब्यू गर्दैछिन्।

एन फिल्म्स एण्ड क्रिएशन, शाह प्रोडक्सन र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा त्रिकोणात्मक प्रेम कथाको विषय समेटिने बताइएको छ।

फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी, केदार भुषालको लेखन, विपिन मल्लको सम्पादन छ। फिल्म भाद्र २७ मा रिलिज गर्ने टार्गेट राखिएको छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell