PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

ओखलढुंगामा जिप दुर्घटनाः ६ जनाको मृत्यु, तीन घाइते



पहिलोपोस्ट

ओखलढुंगामा जिप दुर्घटनाः ६ जनाको मृत्यु, तीन घाइते

काठमाडौः ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ स्थित बढारे खोलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

हलेसीबाट आउँदै गरेको बा १६ च २२०६ नम्बरको स्कार्पीयो जिप दुर्घटना भएको हो, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी पुष्पराज मल्लले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन। तीन जना घाइते भएका छन्। दुर्घटनाको कारण खुलि नसकेको डिएसपी मल्लले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell