PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रियांका र निक डिभोर्सको तयारीमा रहेको अमेरिकी म्यागाजिनको दाबी



पहिलोपोस्ट

प्रियांका र निक डिभोर्सको तयारीमा रहेको अमेरिकी म्यागाजिनको दाबी

बलिउड अभिनेत्री प्रियांका चोपडा र अमेरिकन गायक निक जोनस डिभोर्सको तयारीमा रहेको अमेरिकी म्यागाजिनले दाबी गरेको छ। 

ओके म्यागाजिनका अनुसार ३६ वर्षीया प्रियांका र २६ वर्षका निकको प्रेम सम्बन्ध चिसिन थालेको छ। उनीहरुको डिभोर्सको विषय अहिले 'टक अफ दि टाउन' नै भएको छ। 

उनीहरु एक अर्काका कामलाई लिएर झगडा गर्न पनि थालेको म्यागाजिनमा  उल्लेख छ। 

निकलाई परिवारले नै प्रियांकालाई छोड्न दवाव दिइरहेका छन्।

पहिला प्रियांकालाई एक  परिपक्व महिलाका रुपमा निकको परिवारले लिएका थिए। तर पछि प्रियांका २१ वर्षीया  पार्टी गर्लका रुपमा देखिन थालेको दाबी गरिएको छ। 

गत डिसेम्बरमा यी दुईले भारतमा विवाह गरेका थिए। उनीहरुले क्रिश्चियन रिति अनुसार पनि विवाह भएको थियो। 

 डिभोर्सको हल्ला बाहिर आएता पनि यी दुवैले यस विषयमा केही बोलेका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell