PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सरिता लामिछानेविरुद्ध गैरकानुनी रुपमा सदस्यता लिएको भन्दै उजुरी, चलचित्र कलाकार संघको चुनाव रोकिने



पहिलोपोस्ट

सरिता लामिछानेविरुद्ध गैरकानुनी रुपमा सदस्यता लिएको भन्दै उजुरी, चलचित्र कलाकार संघको चुनाव रोकिने

काठमाडौं: चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेविरुद्ध सुरज आरडीले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका छन्। उनले सरिताले गैर कानुनी रुपमा सदस्यता लिएको बताउँदै छानविनका लागि उजुरी दिएका हुन्।

संघको विधान अनुसार सदस्यता लिन कलाकारले पाँच वटा फिल्ममा काम गरेको हुनुपर्छ। तर, आगामी चैत २३ मा हुने संघको निर्वाचनमा अध्यक्षतामा  उम्मेद्वारी दिएकी सरिताले सदस्यता लिँदा २ वटा फिल्ममा मात्रै गरेको उनले उजुरीमा उल्लेख गरेका छन्। सरिताले भने प्राविधिक कारण देखाउँदै संघको निर्वाचनसमेत रोकिन सक्ने बताइन्। उनले उजुरीबारे केही बोलेकी छैनन्।

जिल्ला प्रशासन कार्यलयमा दुई पक्षबीच आफ्नो बायोडाटा प्रस्तुत गर्नुपर्ने सहमति भएको संघकी उपाध्यक्ष रेजिना उप्रेतीले बताइन्।

त्यस्तै निर्देशक सोभित बस्नेतले कलाकार संघमा चरम राजनीति रहको बताए। उनले भने 'कलाकार क्षेत्रमा मरिमेटेको कलाकार संघमा आउनुपर्‍यो।'

संघका वरिष्ठ उपाध्यक्ष सानु ताम्राकारले भने चुनाव सर्ने बताए।  'चुनाव पक्कै पनि हुन्छ। तर, मिति भने सर्छ। यदि सरिताले दुईओटा मात्रै फिल्म खेल्नु भएको हो भने अध्यक्षतामा लड्न पाउनुहुन्न होला', उनले भने 'उहाँ महासचिव भइसक्नु भयो नि। त्यो बेला महासचिव हुँदा वास्ता भएन अहिले अध्यक्षतामा उम्मेदवारी दिँदा यस्तो कुरा बाहिरियो।'

चैत २३ गते हुने भनिएको संघको अध्यक्षका लागि लय संग्रौलाले पनि उम्मेद्वारी घोषणा गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell