PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सीसीएलको उपाधि ट्रिटन कलेजलाई



पहिलोपोस्ट

सीसीएलको उपाधि ट्रिटन कलेजलाई

काठमाडौं : कलेज प्रिमियर लिग (सीसीएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि ट्रिटन कलेजले जितेको छ।

कीर्तिपुरस्थित टीयू मैदनमा शनिबार भएको फाइनलमा गोल्डेनगेट कलेजलाई ५ विकेटले पराजित गर्दै ट्रिटनले उपाधि जितेको हो।

गोल्डेनगेटले दिएको १२७ रनको लक्ष्य ट्रिटनले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। ट्रिटनको जितमा प्रदीप ऐरीले नटआउट ४५ रन बनाए।

च्याम्पियन ट्रिटनले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्दा उपविजेता गोल्डेनगेटले १ लाख ११ हजार १ सय ११ हात पार्‍यो।

कलेज क्रिकेट नम दिइएपनि फाइनल खेल्ने टिममा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीको बाहुल्य रहेको थियो।

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा १२ कलेजको सहभागीता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell