PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

ओलम्पिक क्वालिफायर खेल्न नेपाली महिला फुटबल टोली म्यानमार प्रस्थान



पहिलोपोस्ट

ओलम्पिक क्वालिफायर खेल्न नेपाली महिला फुटबल टोली म्यानमार प्रस्थान

काठमाडौं : सन् २०२० मा जापनमा हुने टोकियो ओलम्पिकको लागि क्वालिफायर खेल्न नेपाली राष्ट्रिय मिहला फुटबल टोली आइतवार म्यानमार प्रस्थान गरेको छ।

एसियन रिजनको दोस्रो चरणको क्वालिफायर खेल्ने टोलीलाई आइतवारै बिहान अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ गरेको थियो।

यसअघि म्यानमारमै भएको पहिलो चरणको एसियन क्वालिफायरमा नेपालले आफ्नो समूहमा म्यानमार, भारत र बंगलादेशसँग बराबरी खेलेको थियो। बंगलादेशबाहेक बाँङ्की तीन टिम दोस्रो चरणमा प्रवेश गरेको हो।

यस पटक भने समूह ए मा नेपालले भारत र म्यानमार बाहेक इन्डोनेसियासँग पनि खेल्नेछ।

नेपालले आफ्नो पहिलो खेल अप्रिल ३ (बुधवार) आयोजक म्यानमारसँग खेल्नेछ। यस्तै अप्रिल ६ भारतसँग र अन्तिम खेल अप्रिल ९ मा इन्डवनेसियासँग खेल्नेछ।

यस समुहको शीर्ष स्थानमा रहने टिम अघिल्लो चरण प्रवेश गर्नेछ।

बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको महिला टिमले क्वालिफायरमा राम्रो प्रदर्शन गर्ने र इतिहास बनाउनेमा आशावादी रहेको बताए।

नेपालले विराटनगरमा भएको पाँचौ साफमा उपविपजेता बनेको टोलीलाई नै निरन्तरता दिएको छ।

नेपाललाई हराउँदै लगातार पाँचौ पटक साफ च्याम्पियन बनेको भारतले भने यसअघि नै म्यानमारमा गएर तयारी सुरु गरिसकेको छ।

 

नेपाली टोली:

गोलकिपर : एन्जिला तुम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर : हिरा कुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्वु

मिडफिल्डर : अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी

फरवार्ड : रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी

 

खेलतालिका:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell