PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

युवा खेलाडीलाई एन्फा एकेडेमीमा छनोट हुने अवसर, देशभरबाट दुई उमेर समूहमा खेलाडी छानिने



पहिलोपोस्ट

युवा खेलाडीलाई एन्फा एकेडेमीमा छनोट हुने अवसर, देशभरबाट दुई उमेर समूहमा खेलाडी छानिने

काठमाडौँ : अखिल नेपाल फुटबल संघले आधारभुत तहदेखि पुटबल खेलको विकास गर्न र सानै उमेरदेखि फुटबलको प्रशिक्षण दिलाउन भन्दै देशैभरबाट युवा खेलाडी छानेर एकेडेमीमा राख्ने भएको छ।

एन्फाले दुई उमेर समूहमा टिम तयार पार्न देशैभरबाट खेलाडी छान्ने प्रक्रिया सुरु गर्न लागेको हो।

एन्फाले १३ वर्ष र १६ वर्ष मुनीका खेलाडी छनोट गर्न लागेको हो। १३ वर्षमुनीको युवा खेलाडी देशभरबाट युवा छनोट गरि निःशुल्क खान, बस्न र अध्ययनको सुविधासहित एकेडेमीमा राख्न एन्फाले जनाएको छ।

यस्तै सन् २०१९ मा हुने एएफसी यू-१६ च्याम्पियनसिप छनोटको लागि राष्ट्रिय युवा टिम तयार पार्न एन्फाले १६ वर्षमुनिका खेलाडी छनोट गर्न लागेको हो।

एन्फाले १३ वर्ष भन्दा मुनीका युवा खेलाडीलाई छनोट गरि एन्फा एकेडेमी धरान र बुटवलमा रहेको टेक्निकल सेन्टरमा राख्ने जनाएको छ। त्यसका लागि ४८ जिल्लामा पहिलो चरणको छनोट कार्यक्रम सुरु गरेको जनाएको छ।

१३ वर्ष मुनिका खेलाडी एन्फा एकेडेमीमा हुने छनोटका लागि जन्म मिति २०६२ साल पौष १७ गते भन्दा पछि र २०६३ पौष १६ गते भन्दा अगाडी हुनुपर्नेछ।

यस्तै यू-१६ मा छनोटमा सहभागि हुन खेलाडीको उमेर २०५९ पौष १७ गते पछाडी र २०६० पौष १६ गते भन्दा अगाडी हुनुपर्नेछ।

एन्फाले पहिलो चरणमा जिल्ला स्तरिय छनोट गर्ने र दोस्रो चरणमा प्रदेशस्तरिय छनोट गर्ने जनाएको छ।

जिल्ला स्तरिय छनोटका लागि ४८ जिल्लामा जिल्लाका स्थानीय प्रशिक्षकको संलग्नतामा चैत २०, २१ र २२ गते छनोट कार्यक्रम हुने एन्फाले जनाएको छ। यस्तै प्रदेशस्तरिय छनोट विभिन्न १३ स्थानमा गर्ने एन्फाले जनाएको छ र उक्त छनोट चैत २५ देखि २०७६ साल बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।

यस्तै अतिम चरणको केन्द्रिय छनोट भने बैशाख १२ गते ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell