काठमाडौं: कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापना माग्दै हस्ताक्षर संकलन अभियान शुरु गरेको छ। राप्रपा अध्यक्ष कमल थापा अभियान शुरु गर्न मकवानपुर पुगेका थिए।
काठमाडौंमा भने वसन्तपुरमा राप्रपाका उपाध्यक्ष एवं जनसंघर्ष संयोजक बुद्धिमान तामाङले अभियानको थालनी गरे। ७७ वटै जिल्लामा आज अभियान सञ्चालन भएको राप्रपाले जनाएको छ।