PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मुख्यमन्त्री कपको खर्च भत्तामा ८५ लाख ७१ हजार, उपलब्धिको पहिलो बुँदामा आपसी भाइचारा



एम बम

मुख्यमन्त्री कपको खर्च भत्तामा ८५ लाख ७१ हजार, उपलब्धिको पहिलो बुँदामा आपसी भाइचारा

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता सञ्चालन गर्दा भत्तामा मात्रै झन्डै ८५ लाख खर्च भएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ।

कैलालीको धनगढीमा फागुन २९ गतेबाट चैत्र ३ गते ५ दिनसम्म सञ्चालन भएको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा २ करोड १४ लाख ३९ हजार ४ सय ९७ रुपैयाँ खर्च भएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।

जसमा खेलाडीको दैनिक भ्रमण, रेफ्री, निर्णायके दैनिक, उपसमितिहरूको बैठक, अतिरिक्त समयको भत्तामा मात्रै ८५ लाख ७१ हजार ४ सय ७० रुपैयाँ खर्च भएको छ। निर्शेशक समिति र कार्यकारी समितिको बैठक भत्ता र खाजामा थप ३ लाख २१ हजार ७ सय खर्च भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो। सामाजिक विकास मन्त्री सुवेदीले प्रदेशको नगद पुरस्कारमा २८ लाख र प्रथम हुने खेलाडीको पुरस्कारमा ७ लाख ४० हजार खर्च भएको बताए।

खेललाई व्यवस्थापन गर्न भनेर गठन गरिएका सांस्कृतिक, समारोह तथा अतिथि सत्कार, सुरक्षा तथा स्वयंसेवक, प्राविधिक, स्वास्थ्य तथा उपचार, खाना तथा यातायात र प्रचार प्रसार उप समितिहरूको खर्च २० लाख ५८ हजार ७ सय ९९ भएको उनको भनाइ छ।

आयोजक खेलाडीको, निर्णायकको, उपसमितिहरूको पोसाकमा ८ लाख ३२ हजार खर्च भएको जनाएको छ। खेल व्यवस्थापनमा २२ लाख खर्च भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

खेल र खेलाडीहरूका लागि भनेर आयोजना गरिएको प्रतियोगिताको उपलब्धिको पहिलो बुँदामा सरकारकारले आपसी भाइचाराको सम्बन्ध स्थापित भएको जनाएको छ। साथै मुख्यमन्त्री कपबाट आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुगेको दोस्रो बुँदामा उल्लेख छ।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell