PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आइपीएल : बेर्स्टोव एक्लैले बनाएको जति रन पनि बनाउन सकेन बैंगलोरले, दुई खेलाडीको शतकमा हैदरावादको फराकिलो जित



पहिलोपोस्ट

आइपीएल : बेर्स्टोव एक्लैले बनाएको जति रन पनि बनाउन सकेन बैंगलोरले, दुई खेलाडीको शतकमा हैदरावादको फराकिलो जित

जोनी बेर्स्टोव र डेविड वार्नरको शतक मद्दतमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपीएलमा आइतवार रोएल च्लेन्जर्स बैंगलोरमाथि शानदार जित हात पारेको छ।

दुई खेलाडीको शतक अनी मोहम्मद नावीले ४ विकेट लिएपछि हैदरावादले बैंगलोरलाई ११८ रनले पराजित गरेको हो।

बेर्स्टोवको ११४ तथा वार्नरको नटआउट १०० रन मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको हैदारवादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३१ रन बनाएको थियो। २३२ रनको लक्ष्य पछ्याउने क्रममा बैंगलोरले बेर्स्टोवले एक्लै बनाएको रन जति पनि बनाउन सकेन। बैंगलोर १ बल अगावै ११३ रनमा अलआउट भयो।

घरेलु मैदानमा बेर्स्टोव र वार्नरले पहिलो विकेटका लागि १८५ रनको साझेदारी गर्दै हैदरावादलाई शानदार सुरुवात दिलाएका थिए। १६.२ ओभरमा आउट हुनुअघि बेर्स्टोवले ५६ बल खेल्दै १२ चौका र ७ छक्काको मद्दतमा ११४ रन बनाए। ५५ बल खेलेका वार्नरले ५ चौका र ५ छक्का प्रहार गर्दै नटआउट १०० रन बनाए।

आइपीएलमा एकै इनिङ्समा दुई खेलाडीले शतक बनाएको यो दोस्रो पटक हो भने दुवै ओपनरले शतक बनाएको पहिलो पटक हो। यस्तै बेर्स्टोव र वार्नरको साझेदारी पहिलो विकेटको लागि पनि उच्च साझेदारी हो।

यसअघि टी २० क्रिकेटमा एक पटक मात्र दुवै ओपनरले शतक प्रहार गरेका छन्। यस्तै टी २० क्रिकेटमा एकै इनिङ्समा दुई खेलाडीले शतक प्रहार गरेको यो चौथो पटक हो।
 

उच्च लक्ष्य पछ्याएको बैंगलोर ७.२ ओभरमै ३५-६ को खराब अवस्थामा पुगेको थियो। तर सातौँ विकेटका लागि कोलिन डे ग्राण्डहोम र आर रे बर्मानले ५१ रनको साझेदारि गरेपछि बैंगलोरले रन उकासेको थियो। ग्राण्डहोमले सर्वाधिक ३७ रन बनाएको इनिङ्समा बार्मनले १९, उमेश यादवले १४ र पार्थिव पटेलले ११ रन जोडे।

बैंगलोरको इनिङ्स ध्वस्त पार्ने क्रममा हैदरावादका नावीले ४ ओभरमा ११ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै सन्दीप शर्माले ३.५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।

यस सिजन विराट कोहलीको बैंगलोरले लगातार तेस्रो हारमा हार बेहोरेको हो र अंकविहिन रहँदै ८ टोली सहभागि आइपीएलमा पूछारमा छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell