PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काठमाडौँमा अचानक मौसम बिग्रँदा हवाई यात्रु मर्कामा, यी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान भए प्रभावित



पहिलोपोस्ट

काठमाडौँमा अचानक मौसम बिग्रँदा हवाई यात्रु मर्कामा, यी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान भए प्रभावित

काठमाडौँ : काठमाडौँमा अचानक मौसम बिग्रिएर मेघ गर्जनसहित वर्षा हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान र अवतरण प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्। 

मौसमका कारण बेलुका ४:३० बजेदेखि आन्तरिक उडान अवतरणमा प्रभाव परेको विमानस्थलले जनाएको छ।

बुद्ध एयरको काठमाडौँबाट विराटनगरतर्फको १, भैरहवाको २, भद्रपुरको १ र नेपालगन्जतर्फको १ गरी ५ वटा उडान रद्द भएको छ।

काठमाडौँ विमानस्थलमा अवतरणका लागि आएका विमानहरु मौसमका कारण अन्यत्रै डाइभर्ट भएका थिए। 

अन्तर्राष्ट्रिय उडानतर्फ फ्लाइ दुबइ र चाइन सदर्नका विमानहरु अवतरण गर्न नसकेर लखनउ डाइभर्ट गरिएका थिए। त्यसैगरी कतार एयरवेजलाई कोलकाता लगियो। 

यो समाचार तयार पार्दा विमानस्थल खुलिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell