PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बारा र पर्सामा दुई बटालियन सेना उद्दारमा खटाइयो, नाइटभिजन हेलिकप्टर तयारी अवस्थामा



पहिलोपोस्ट

बारा र पर्सामा दुई बटालियन सेना उद्दारमा खटाइयो, नाइटभिजन हेलिकप्टर तयारी अवस्थामा

काठमाडौँ : बारा र पर्सा जिल्लामा आज साँझ आएको भीषण हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ। 

उद्दारका लागि त्यहाँ दुई बटालियन सेना तत्काल खटाइएको जानकारी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दिएका छन्। 

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले नेपाली सेनाको स्पेसल रेस्क्यु टिमलाई तत्काल परिचालन गर्न भन्दै गरेको ट्विटको जवाफमा रिमालले यस्तो जानकारी दिएका हुन्।

हावाहुरीका कारण ज्यान गुमाउनेहरुको यकिन संख्या खुलिसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाइते भएको जानकारी दिएका छन्। 

बारा/पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएकोछ। यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोछ।

— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019

हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारीमा आएकोछ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019

 

प्रधानमन्त्रीले भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्। मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा 'नाइटभिजन' हेलिकप्टर तयारी अवस्थामा राखिएको बताउँदै उनले सुरक्षाकर्मीसँगै उद्दारमा संलग्न रहन पार्टीका सबैलाई आह्वान गरेका छन्। 

भोली बिहानबाट आवस्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा
"नाईट भिजन" हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
सुरक्षाकर्मी संगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु।

— K P Sharma Oli (@kpsharmaoli) March 31, 2019

निजी अस्पतालहरुमा भएको मृत्युको खबर आइनसकेको कारण मृत्यु हुनेको संख्या ५० नाघ्न सक्ने अनुमान गरिएको छ।  

बाराको सबैभन्दा बढी प्रभावित गाउँहरु भलुही, भरबलीया, फेटा वाडा नं. ६ चैनपुर लगायत रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नारायणी अस्पतालमा सय, नेशनल मेडिकल कलेज वीरगञ्जमा सय, वीरगञ्ज हेल्थ केयरमा सय, गण्डक अस्पतालमा २७ जना र एडभान्स हस्पिटलमा २० जनाको उपचार भइरहेको छ।

ग्रामीण क्षेत्रमा आएको हावाहुरीका कारण घर, पर्खाल भत्किनाका साथै ठूलो जनधनको क्षति भएको छ। हुरीका कारण आपतमा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ। 

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले पनि ट्विट गर्दै ठूलो संख्यामा जनधनको क्षति भएको जानकारी आएको बताएका छन्।

बारा पर्साको केही स्थानमा आएको डरलाग्दो आँधि ठुलो संख्यामा जनधनको क्षति भएको खबर आएको छ।दुखको यस घडिमा सम्मपूर्ण सुरक्षाकर्मीलाई उद्दार कार्यमा सहयोग गर्न आहव्ना गर्दछु।घाइतेहरुको उपचारको लागि स्वास्थ्य सेवाका कर्मचारीरु अनुरोध छ।शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

— Lalbabu Raut (@Province2CM) March 31, 2019



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell