PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आइपीएल : धोनीको अर्धशतक र बलरको उत्कृष्ट प्रदर्शन, चेन्नाईको लगातार तेस्रो जित



पहिलोपोस्ट

आइपीएल : धोनीको अर्धशतक र बलरको उत्कृष्ट प्रदर्शन, चेन्नाईको लगातार तेस्रो जित

कप्तान महेन्द्र सिंह धोनीको अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शन मद्दतमा साविक विजेता चेन्नाईले आइपीएल २०१९ मा लगातार तेस्रो जित हात पारेको छ। आइतवार भएको खेलमा चेन्नाईले राजस्थान रोएल्सलाई ८ रनले पराजित गरेको हो।

राजस्थानको यो लगातार तेस्रो हार हो। चेन्नाई यस सिजन अपराजित एक्लो टिम हो।

घरेदु मैदान एमए चितम्बरमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निधारित २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो। धोनीले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा नटआउट ७५ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे। सुरेश रैनाले ३६ र ड्वाने ब्राभोले १७ रन जोडे।

राजस्थानका जोफ्रा आर्चरले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर २ विकेट लिए।

१७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो। रास्थानका लागि बेन स्टवकले सर्वाधिक ४६ रन बनाए। यस्तै राहुल त्रिपाटीले ३९ र स्टिभ स्मिथले २८ रन जोडे। आर्चरले नटआउट २४ रन बनाए।

बलिङमा चेन्नाईका दिपक चाहर, शार्दुल ठाकुर, इमरान ताहिर र ड्वाने ब्राभोले २-२ विकेट लिए। धोनी म्यान अफ दि म्याच भए।

आइपीएल अन्तर्गत आज किंग्स एलेभेन पञ्जाव र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell