PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुग्यो, काठमाडौँबाट मेडिकल टोली प्रस्थान



पहिलोपोस्ट

हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुग्यो, काठमाडौँबाट मेडिकल टोली प्रस्थान

काठमाडौँः आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्र दुई जिल्लामा गरी मृत्यु हुनेको संख्या सोमबार बिहान ७ बजेसम्म २७ जना पुगेको छ।

हावाहुरीमा परी ६१२ जना घाइते भएका छन्। घाइतेमध्ये २७० उपचारपछि घर फर्किएका छन्।

३४२ जना उपचाररत छन्। ३०४ जनाको वीरगन्जमा उपचार भइरहेको छ। केन्द्रका अनुसार अन्यको कलैयामा उपचार भइरहेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार औषधिसहितको एक टोली काठमाडौँबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ। कपडा, पालसहितको टोली बिहान ५ बजे प्रस्थान गरेको केन्द्रले जनाएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको पनि केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell