PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ला लिगा : रियल मड्रिडको कठिन जित



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिडको कठिन जित

करिम बेन्जामाले खेल सकिन एक मिनेट अगाडि गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा हुएस्कामाथि कठिन जित हात पारेको छ। घरेलु मैदानमा खेलको तेस्रो मिनटमै गोल खाएको रियलले प्रतिस्पर्धात्मक खेलमा हुएस्कालाई ३-२ ले पराजित गरेको रियलले छिमेकी एट्लेटिको मड्रिडसँग अंक दूरी २ मा झारेको छ।

रियलका लागि इस्को, डानी सेवालोस र बेन्जामाले एक-एक गोल गरे। हुएस्काका लागि जुवान कमिलो हर्नान्डेज र ज्याभिएर एक्ससेइटाले गोल गरे।

२९ खेलपछि एट्लेटिको ५९ अंकका साथ दोस्रो स्थानमा छ भने ५७ अंक जोडेको रियल तेस्रोमा छ। समान खेलबाट ६९ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा आसिन छ।

यस्तै डानि परेजोको पहिलो हाफको पेनाल्टी गोल मद्दतमा भ्यालेन्सियाले सेभियालाई १-० ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell