PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मृतकको परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने, मन्त्रीको संयोजकत्वमा उद्दार र राहत समिति गठन



पहिलोपोस्ट

मृतकको परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ दिने, मन्त्रीको संयोजकत्वमा उद्दार र राहत समिति गठन
Photo: facebook.com/Aatish Mishra

काठमाडौँः प्रदेश २ सरकारले आइतबार साँझको हावाहुरीमा परी मृत्यु भएका व्यक्तिका परिवारका सदस्यलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको आकस्मिक बैठकले विपदमा परी निधन भएका मृतकका परिवारलाई उक्त रकम दिने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले ट्वीट लेख्दै घाइतेहरुको उपचार खर्च पनि प्रदेश सरकारले बेहोर्ने निर्णय भएको जनाएका छन्।

प्रभावित क्षेत्रमा तत्काल खाना र कपडाको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।

यस्तै घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ।

समितिमा समाजिक विकासमन्त्री नवल किशोर साह, वन उद्योग तथा पर्यटनमन्त्री रामनरेश राय, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा र कानुन मन्त्रालयका उपसचिव सदस्य सचिव छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell