PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

झापाको भ्रमण छोट्याएर प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्र जाने



पहिलोपोस्ट

झापाको भ्रमण छोट्याएर प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्र जाने

काठमाडौँः बारा र पर्सामा हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि गृहजिल्लाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली प्रभावित क्षेत्रमा जाने भएका छन्। गृहजिल्ला झापामा रहेका ओली ११ बजे बारा जान लागेका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले ११ बजे प्रधानमन्त्री भद्रपुरबाट प्रभावित क्षेत्रमा जाने तयारी गरिरहेको जानकारी दिए।

प्रधानमन्त्री अहिले दमकमा छन्। दमकबाट प्रधानमन्त्री भद्रपुर पग्नेछन्। भद्रपुरबाट हावाहुरी प्रभावित क्षेत्र बारा जाने कार्यक्रम तय भएकोे हो।

दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री आइतबार मोरङ पुगेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell