PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

हावाहुरीमा परी गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो



पहिलोपोस्ट

हावाहुरीमा परी गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँः आइतबार साँझको हावाहुरीमा परी गम्भीर घाइते भएकामध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

सोमबार बिहान नेपाली सेनाको 'स्काइ ट्रक'मार्फत् उनीहरुलाई काठमाडौं ल्याइएको हो। ६ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता यम ढकालले जानकारी दिए।

आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले दुई जिल्लामा गरी मृत्यु हुनेको संख्या सोमबार बिहान ७ बजेसम्म २७ जना पुगेको जनाएको हो। हावाहुरीमा परी ६१२ जना घाइते भएका छन्। घाइतेमध्ये २७० उपचारपछि घर फर्किएका छन्।

अहिले चिकित्सकको टोलीसहित सेना घटनास्थलमा परिचालन भएको छ।  

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललगायतको समूह बारा जाने तयारीमा छ।

उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell