PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सलोन बस्नेत : अनमोलसँग अझै फिल्म गर्ने मन छ



पहिलोपोस्ट

सलोन बस्नेत : अनमोलसँग अझै फिल्म गर्ने मन छ

काठमाडौं:  अनमोल केसीका फिल्महरुमा दोहोरिएका कलाकार हन् सलोन बस्नेत। हरेक फिल्ममा नयाँ अभिनेत्रीसँग रोमान्स गर्ने अनमोलका तीन फिल्ममा भने सलोन दोहोरिसकेका छन्।  

उनी दुईको पछिल्लो फिल्म 'ए मेरो हजुर ३' हो। फिल्म प्रदर्शनको तयारीमा छ। यसअघि सलोनले 'होस्टेल' 'गाजलु'मा अनमोलसँग काम गरिसकेका छन्।

सलोनलाई अनमोलसँग अन्य फिल्ममा पनि काम गर्ने रहर रहेको बताउँछन्। उनले भने 'अनमोलसँग यो मेरो तेस्रो फिल्म हो। उ सँग काम गर्दाको अनुभव राम्रै रहन्छ। फिल्मले हामीलाई नजिक बनाएको पनि छ। हाम्रो मित्रता फिल्ममा पनि देखिँदै आएको छ। अनमोल सँग सँधै काम गर्न पाओस् भन्ने कामना गर्छु।'

 उता अभिनेता अनमोलले सलोनलाई भाइ नै सम्बोधन गरे। उनले भने 'सलोनसँग भेट्दा भाइसँग भेटेको अनुभव हुन्छ। हामी फरक आमाका दुई भाइ हौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell