PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

'कुली नम्बर वान'का लागि वरुण धवनको पहिलो रोजाई आलिया भट्ट



पहिलोपोस्ट

'कुली नम्बर वान'का लागि वरुण धवनको पहिलो रोजाई आलिया भट्ट

'कुली नम्बर वान'को रिमेकका लागि वरुण धवनको पहिलो रोजाई आलिया भट्ट थिइन्। तर, अन्य फिल्ममा व्यस्त भएका कारण आलियाले फिल्म गर्न मानिन्।

करण जोहरको 'स्टूडेन्ट अफ दि इयर'बाट डेब्यू गरेका आलिया र वरुणको स्क्रिन जोडी दर्शकमा अत्याधिक रुचाइन्छ। यसअघि 'हम्टी शर्माकी दुल्हनिया' र 'बद्रीनाथकी दुल्हनिया'मा उनी दुईले एकसाथ काम गरिसकेका छन्।  

अब 'कुली नम्बर वान'मा भने वरुणको अपोजिटमा अभिनेत्री करिश्मा कपुर देखिँदैछिन्। वरुणका बुवा डेभिड धवनले फिल्मलाई निर्देशन गर्दैछन्। डेभिडले यसअघि २१ वर्षअघि 'कुली नम्बर वान' बनाएका थिए।

पछिल्लो समय सलमान खान अभिनित 'जुडुवा'को सिक्वेलमा वरुणलाई दर्शकले रुचाए। व्यवसायिक रुपले पनि फिल्म सफल नै भयो। यस कारण वनि धवन परिवार रिमेक बनाउन उत्साहित देखिन्छन्। 'हिरो नम्बर वान', 'बीवी नम्बर वान', 'जोडी नम्बर वान' मध्येबाट डेभिडले 'कुली नम्बर वान'को सिक्वल बनाउने घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell