PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पीडितकहाँ पुगे प्रधानमन्त्री : राहतमा नेकपाका सांसदले दिँदै एक दिनको तलब



पहिलोपोस्ट

पीडितकहाँ पुगे प्रधानमन्त्री : राहतमा नेकपाका सांसदले दिँदै एक दिनको तलब

बारा : प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ आएको हुरीबाट प्रभावित र घाइतेसँग भेट गरेका छन्। हुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले उपचार गरिरहेकाहरुलाई भेट्न अस्पताल पनि पुगेका थिए।

झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री ओली आज दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन्। भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेर पीडितकहाँ पुगेका थिए उनी। प्रधानमन्त्री ओलीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशनसमेत दिए। 
कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए।

प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको ब्रिफिङ गरेका थिए। गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ। नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell