PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हुरी प्रभावितको सहयोगका लागि राजपाले पाँच लाख दिने



पहिलोपोस्ट

हुरी प्रभावितको सहयोगका लागि राजपाले पाँच लाख दिने

काठमाडौं : राष्ट्रिय जनता पार्टीले बारा पर्सामा हुरीबाट प्रभावितहरुको राहतका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। 
राजपा नेपालका संयोजक शरतसिंह भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेका हुन्। 

राजपाले आफ्नो पार्टी पंक्तिलाई राहत र उद्धार कार्यमा लाग्न निर्देशनसमेत दिएको छ। 

उसले  प्रदेश नं. २ को सरकारले प्राकृतिक विपत्तिको घटनामा देखाएको तत्परताको प्रशंसा गर्दै संघीय सरकारलाई समेत राहत र उद्धार कार्यमा यथासिघ्र लाग्न आग्रहसमेत गरेको छ। 

'पार्टीका नेता कार्यकर्ताहरुले राहत सहयोग संकलन गरी पिडीत परिवारहरुलाई सहयोग गर्न आम नागरिक, व्यवसायी, उद्योगी, संघसंस्था तथा देश विदेशमा रहेका सबैलाई यस्तो दुःखद घडीमा आर्थिक सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell