PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

स्कुटीलाई ठक्कर दिने पूर्व प्रमको पछुवा गाडीलाई कारबाही, ५ सय रुपैयाँ जरिवाना



पहिलोपोस्ट

स्कुटीलाई ठक्कर दिने पूर्व प्रमको पछुवा गाडीलाई कारबाही, ५ सय रुपैयाँ जरिवाना

काठमाडौः शुक्रबार बानेश्वर चोकमा स्कूटीलाई ठक्कर दिएर भागेको पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको पछुवा गाडीलाई प्रहरीले कारबाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले गाडी चालक सन्तोष घिमिरेलाई कारबाही गरेको हो।

चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना दस्तुर भराएको छ।

लापरवाहीपूर्वक गाडी चलाएकोमा सवारी ऐन अनुसार कारबाही गरिएको महाशाखाका एसपी जयराम सापकोटाले जानकारी दिए। 

बा १ झ ९५२७ नम्बरको भ्यानले स्कुटीलाई ठक्कर दिएर भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।

भिडियोमा अर्को लेनमा एउटा स्कुटी गुडिरहेको हुन्छ। पछाडिबाट लेन चेन्ज गर्दै आएको सशस्त्रको भिआइपी पछुवा गाडीले स्कुटीलाई ठक्कर दिन्छ। स्कुटी सडकमा पछारिन पुग्छ।

तर प्रहरीको भ्यान ती महिलाको उद्धारमा लाग्दैन। भिआइपीको सुरक्षामा नै दौडिन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell