PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हावाहुरी प्रभावितलाई प्रदीप खड्का टिमको ५० हजार रुपैयाँ सहयोग



पहिलोपोस्ट

हावाहुरी प्रभावितलाई प्रदीप खड्का टिमको ५० हजार रुपैयाँ सहयोग

काठमाडौं:  आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सा जिल्लाका प्रभावितहरुलाई अभिनेता प्रदीप खड्काको टिमले ५० हजार रुपैँया सहयोग गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख राजेश पौडेलको संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन कोष मार्फत् उक्त्तरकम पीडितहरुको सहयोगमा पुग्ने उनले बताए। उनले पिडितहरुको उद्धारमा आफूहरुको साथ रहने बताएका छन्।

'दु:ख विपद् जो कोहीलाई आइपर्न सक्छ। अहिले बारामा जाने परिस्थिती हामीसँग भएन। त्यहाँ अहिले आवश्यक भनेको  तत्काल राहतको हो। सुरुमा के गर्ने अन्यौल भयो। त्यसपछि राहत कोषबारे थाह पायौं। त्यसैले हामीले अहिले तत्कालका लागि ५० हजार सहयोग सुरुवात गरेका छौं' उनले भने। 

उनले प्रदर्शनको तयारीमा रहेका 'लभ स्टेशन'का प्रस्तुतकर्ता गोविन्द शाहीसँग मिलेर ५० हजार सहयोग गरेका हुन्। पत्रकार सम्मेलन गरेर उनीहरुले सहयोगको अपिलसमेत गरेका छन्।

'लभ स्टेशन'ले पछिल्लो समय करेन्टबाट दुई हात गुमाएकी मेघा घिमिरेलाई १ लाख नगद सहयोग प्रदान गरेका थिए। साथै, टिमले ४५ जना अनाथ बालिबालिकालाई नीजि विद्यालयमा पढाउन लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell