PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

मलिका महतको फिल्म डेब्यू कस्तो रहला? 



पहिलोपोस्ट

मलिका महतको फिल्म डेब्यू कस्तो रहला? 

काठमाडौं:  फिल्म 'यात्रा : अ म्यूजिकल भ्लग'बाट अभिनेत्री मलिका महतले डेब्यू गर्दैछिन्। उनी आफ्नो पहिलो फिल्मबाट आशावादी छिन्।

स्वप्न सुमनले गाएको 'म तिम्रो'बोलको गीत हेरेपछि निर्माण टिमले उनलाई फिल्ममा अफर गरेका थिए। इनस्टाग्रामका तस्वीर हेरिसकेपछि त अडिसनमा नै बोलाएको मलिका बताउँछिन्। उनी त्यतिखेर स्नातक पहिलो वर्षको अध्ययन गर्दै थिइन्।

उनले 'फिल्मकी हिरोइन हुन्छु' भनेर कहिल्यै सोचेकी थिइनन्। तर फिल्ममा आफ्नो भूमिका मन परेपछि फिल्म गर्ने निर्णयमा पुगेको बताइन्।

उनले भनिन् 'विद्यालयमा हुँदा एकपटक नाटक त गरेको थिएँ। फिल्ममा अभिनय नै गर्छु भनेर सोचेकी थिइन। तर, फिल्ममा मेरो साधारण भूमिका थियो। त्यसैले फिल्म गर्न तयार भएँ।'

१९ वर्षिया महत अब स्नातक सकाएर नै फिल्म क्षेत्रमा आउने योजनामा छिन्। 'पढाई जरुरी छ। मलाई अभिनयमा निखार ल्याउनुछ। त्यसपछि फिल्म गर्छु' उनले भनिन्। मलिकाको फिल्म डेब्यू कस्तो रहला? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell