PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

यू-१६ राष्ट्रिय स्कुल क्रिकेट प्रतियोगिता मंगलवारदेखि



पहिलोपोस्ट

यू-१६ राष्ट्रिय स्कुल क्रिकेट प्रतियोगिता मंगलवारदेखि

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालय आयोजकका रुपमा रहने मनद भण्डारी स्पोर्ट्स एकेडेमीले सञ्चालन गर्ने यू-१६ राष्ट्रिय स्कुल क्रिकेट प्रतियोगिता मंगलवार देखि हुने भएको छ।

नेपालको सात वटा प्रदेशको सात टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा स्कुल लेभलका क्रिकेटरहरु सहभागि हुनेछन्।

प्रतियोगिता सञ्चालन गर्ने एकेडेमीले सोमवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही चैत १९ देखि २५ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुने जानकारी दिएको हो।

युवा खेलाडीहरुले खेल्ने यस प्रतियोगिता ३० ओभरमा खेलाइनेछ।

सहभागि ७ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रदेश नम्बर ३, ४, ५ र ६ समूह ए मा छन् भने प्रदेश नम्बर १, २ र ७ समूह बी मा छन्।

विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार बराबरको खेल सामग्री पुरस्कार पाउने छन्।

यस प्रतियोगिता थाइल्याण्डमा आयोजना हुने एसीसी यू-१६ इस्ट्रन रिजनका लागि खेलाडी छनोटको रुपमा समेत रहेको राष्ट्रिय टिमका प्रशिक्षक तथा राखेपका कर्मचारी जगत टमाटाले बताए। टमाटाका अनुसार प्रतियोगिताबाट उत्कृष्ट २५ खेलाडी छनोट गरेर क्याम्पमा राख्ने र त्यसैबाट थाइल्याण्डमा खेल्ने अन्तिम टोली छनोट गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell