A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a85a619bd3625.61435222): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a85a619bd3625.61435222,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a85a61a1e5696.19648753): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a85a61a1e5696.19648753,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एन्फाको आर्थिक नियमावली र कार्यविधि तयार
PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

एन्फाको आर्थिक नियमावली र कार्यविधि तयार



पहिलोपोस्ट

एन्फाको आर्थिक नियमावली र कार्यविधि तयार

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले आर्थिक नियमावली र कार्यविधि तयार पारेको छ। सोमवार पत्रकार सम्मेलन गर्दै एन्फाले आफ्नो आर्थिक नियमावली र कार्यविधि तयार भएको जनाएको हो।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आर्थिक नियमावली बनाउन सफल भएकोमा एकदमै खुशी भएको बताए।

एन्फाले वार्षिक बजेटलाई वैज्ञानिक पद्दतिबाट र आर्थिक गतिविधि पारदर्शी बनाउन नियमावली तयार गरेको हो।

'हामीले घोषणा गरेको आर्थिक पारदर्शीताको कामलाई सुरुवात गर्न रोडम्याप बनाउन सफल भएका छौं। हामीले चितवनमा भएको साधारण सभाबाट आर्थिक नियमावलीलाई अनुमोदन गरेका थियौँ। आर्थिक नियमावलीलाई अनुमोदन गरेर मात्र पूर्ण नहुने भएर हामीले आर्थिक कार्यविधि पनि तयार गर्‍यौँ।'

अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने। 'नियमावलीले नीतिगत रुपमा गाइड गर्ने र कार्यविधिले विशेष प्रक्रियाबारे काम गर्छ।'

एन्फाले तयार गरेको आर्थिक नियमावली र कार्यविधिमा एन्फाको बजेट, खेलाडी र पदाधिकारी भत्ता, खरिद तथा बिक्रि, जिन्सी रेकर्ड लगायतका विषयहरु समेटिएको छ।

नियमवाली र कार्यविधि चैत ९ गतेबाटै लागू भएको एन्फाले जनाएको छ। आर्थिक नियमावली र कार्यविधि तयार भएसंगै अब काम गर्न सजिलो हुने एन्फा अध्यक्ष शेर्पाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell