PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'१९ जना गुमाएको' फेटाका गाउँपालिका अध्यक्ष अमिरिलाल भन्छन् - 'सक्दो सहयोग पाउँ'



पहिलोपोस्ट

'१९ जना गुमाएको' फेटाका गाउँपालिका अध्यक्ष अमिरिलाल भन्छन् - 'सक्दो सहयोग पाउँ'

काठमाडौं : आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सामा मृत्यु हुनेको संख्या २७ पुगेको छ। गृह मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रका अनुसार दुई जिल्लामा गरी मृत्यु हुनेको संख्या सोमबार दिउँसोसम्म २७ जना पुगेको हो। मृत्यु हुनेहरुमा १० पुरुष, ११ महिला र ६ बालबालिका छन्।

हुरीका कारण सबैभन्दा बढी बाराको फेटा गाउँपालिकामा क्षति पुगेको छ। मृत्यु हुनेहरुमा सबैभन्दा धेरै यही गाउँ पालिकाका छन्। गाँउपालिका अध्यक्ष अमिरिलाल प्रसादका अनुसार अहिलेसम्म फेटा गाउँपालिकामा १९ जनाको मृत्यु भएको छ। पहिलोपोस्टसँगको कुराकानीमा अध्यक्ष प्रसादले भने, 'सबै घरमा क्षति पुगेको छ। एउटा सग्लो रुख पनि देखिँदैन।' गाँउपालिकाका सयजना भन्दा बढी अहिले घाइते भएर अस्पलामा भर्ना भएका छन्।

गाँउपालिकाको सबैभन्दा धेरै १, ३, ६ र ७ नम्वर वडामा क्षति पुगेको अध्यक्ष प्रसादले जानकारी दिए। चारवटा वडामा धेरै क्षति पुगेको छ। तीन सयदेखि ४ सय वटा घर पूर्ण क्षति भएको उनले बताए।

घटना भएदेखि नै उद्दार र राहतको काम भइरहेको अध्यक्ष यावदले बताए। 'सबैतिरबाट मानिस आएर सहयोग गरिरहनुभएको छ। गाँउपालिकाले बिहान चाउचाउ, चिउरा, दही लगायतका खानेकुराको व्यवस्था गरेको थियो। हामी बासको समेत व्यवस्था गर्ने तयारीमा छौ,' उनले भने।

अहिले स्थानीय, प्रदेश र केन्द्रीय सरकारको सहयोगमा उद्धार र राहतको काम भइरहेको छ। 'जसले जसरी सक्नुहुन्छ सहयोग गर्दिनुभयो भने राम्रो हुन्थ्यो,' अमिरिलालले अपिल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell