PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रिमियर लिग : आर्सनल तेस्रो स्थानमा उक्लियो



पहिलोपोस्ट

प्रिमियर लिग : आर्सनल तेस्रो स्थानमा उक्लियो

लण्डन क्लब आर्सनल प्रिमियर लिगको अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ। गएराती भएको खेलमा न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै आर्सनलले अर्का लण्डन क्लब टोनहम हट्सपर र म्यानचेष्टर युनाइटेडलाई पछि पारेको हो।

घरेलु मैदान एमरेट्स स्टेडियममा आर्सनलका लागि बरोन राम्से र अलेक्जानडर लाकाजेटले गोल गरे।

जितपछि आर्सनलको ३१ खेलबाट ६३ अंक भएको छ। समान खेलबाट ६१-६१ अंक रहेको टोटनहम र युनाइटेड क्रमश: चौथो र पाँचौ तथा ६० अंक रहेको चेल्सी छैटौँ स्थानमा छ।

एक खेल बढी खेलेको लिभरपुल ७९ अंकसहित शीर्ष स्थानमा छ भने ३१ खेलबाट ७७ अंक रहेको म्यानचेष्टर सिटी दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell