PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

हावाहुरी प्रभावित क्षेत्रमा शीर्ष नेताः देउवा बारामा, प्रचण्ड जाँदै



पहिलोपोस्ट

हावाहुरी प्रभावित क्षेत्रमा शीर्ष नेताः देउवा बारामा, प्रचण्ड जाँदै

काठमाडौँः आइतबार साँझको हावाहुरीले पुगेको क्षतिको अवलोकलन तथा निरीक्षणका लागि राजनीतिक दलका शीर्ष नेता प्रभावित क्षेत्रमा जाने क्रम बढेको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित, उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त क्षेत्रमा निरीक्षण गरेका थिए। 

यस्तै मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा बारा पुगेका छन्। कपिलवस्तुबाट हेलिकप्टरमा बिहान ८ बजे देउवा बारा पुगेका हुन्। उनले हावाहुरीले क्षति पुगेको ठाउँमा अवलोकन गर्नुका साथै घाइतेहरुलाई भेट्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आज नै बारा जाँदैछन्। प्रचण्ड बिहान ११ बजे सो क्षेत्रमा जान लागेका हुन्। 

आइतबार साँझको हावाहुरीमा परी दुई जिल्लामा गरी २७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। ६ सयभन्दा बढी घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell