PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पूर्व प्रम बाबुराम भट्टराईले राहत दिन छुट्याए आधा महिनाको तलब



पहिलोपोस्ट

पूर्व प्रम बाबुराम भट्टराईले राहत दिन छुट्याए आधा महिनाको तलब

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले बारा-पर्सामा विपत्तीमा परेका स्थानीयको उद्धार, राहत र पुनर्स्थापनामा लाग्न आह्वान गरेका छन्।

उनले पार्टीपंक्तिमा तीन बुँदे सर्कुलर गर्दै भनेका छन्, 'बारा-पर्सामा भीषण आँधीबेहरीले पुर्‍याएको अकल्पनीय क्षतिप्रति हाम्रो पार्टी अत्यन्त दु:खित् छ र विपत्तीमा परेका जनताको उद्धार, राहत र पुनर्स्थापनामा सम्पूर्ण पार्टीपंक्ति तन, मन र धनले लागिपर्न जरूरी छ।'

संयोजक भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला/प्रदेशका पार्टी युनिटहरुलाई उद्धार/राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन पनि दिएका छन्। त्यसैगरी राहत/पुनर्स्थापनाका लागि पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग सिधै वा आआफ्नो कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आह्वान गरेका छन्। उक्त रकमलाई एकमुष्ठ २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी पनि उनले दिए।

'मैले व्यक्तिगतरूपमा आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब प्रदान गर्नेछु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell