PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

आँधी प्रभावित क्षेत्रमा भिआइपीको भ्रमण : पूर्व प्रम देउवाको पैदल यात्रा, प्रचण्ड पनि आउँदै



पहिलोपोस्ट

आँधी प्रभावित क्षेत्रमा भिआइपीको भ्रमण : पूर्व प्रम देउवाको पैदल यात्रा, प्रचण्ड पनि आउँदै

  • बीपी साह/सागर बुढाथोकी -

बारा : आइतबार रातिको विनाशकारी आँधीबेहरीबाट सबैभन्दा बढी प्रभावित फेटा गाउँपालिका राहत सामाग्रीभन्दा पनि भिआइपीहरुको भ्रमणको लर्को लाग्न थालेको छ। 

आज बिहान ११ बजे पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा फेटाको पुरैनिया पुगे। 

८ जना जति नेपाल प्रहरीका सुरक्षाकर्मीहरुसित पुगेका देउवालाई स्थानीय नेताहरुले ब्रिफिङ गरेका थिए। मेनरोडमा गाडी राखेपछि प्रभावित ठाउँमा उनलाई डेढ घण्टासम्म पैदलै हिँडाइएको थियो। 

भिआइपीको भ्रमण भए पनि त्यो ठाउँमा पीडितहरुसित भने उनको भलाकुसारी भएन। किनभने अधिकांश स्थानीयको कि त ज्यान गएको छ कि चाहिँ घाइते भएर अस्पतालमा उपचार गराइरहेका छन्। 

साढे ११ बजे यही ठाउँमा पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि आउने कार्यक्रम थियो र दुवै पूर्व प्रमलाई एकै ठाउँमा राखेर कार्यक्रम गर्ने तयारी थियो। तर प्रचण्डले वीरगञ्जबाट निस्कन ढिला गरे। 

प्रचण्डको सुरक्षाका लागि यहाँ सशस्त्र र नेपाल प्रहरीको टिम तैनाथ भइसकेको छ। 

प्रचण्डले प्रभावित क्षेत्रमा भाषणसमेत गर्ने तयारी छ। यसका लागि आँधीले क्षतिग्रस्त मस्जिदको पछाडि एउटा टेन्ट राखिएको छ। चैतको टन्टलापुर घाममा स्थानीय नेताहरु त्यही टेन्टको ओत लागेर प्रचण्डलाई कुरिरहेका छन्। 

प्रचण्डको स्वागतमा बसेका वाइसिएल कार्यकर्ता



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell