PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बेरोजगारीले बनायो कमेडियन



पहिलोपोस्ट

बेरोजगारीले बनायो कमेडियन

काठमाडौं: पछिल्लो समयमा युट्युबमा 'नेप-ग्याजम' समूह हाँस्यव्यङ्ग्य प्रस्तुत गर्न सक्रिय देखिन्छन्। विगत १ वर्ष देखि यो टिमले विभिन्न व्याङ्ग्यात्मक भिडियोहरु सार्वजनिक गर्दै आएका छन्।

'नेप ग्याजम'का डोरेस खतिवडा र सरोज भण्डारी सामाजिक सञ्जालतिर 'तरिका हो?'  र 'झापाली' का श्रृङ्खलाले चर्चामा छन्।

झापा घर भएका सरोज र खोटाङ दिक्तेलका डोरेस हाल भक्तपुरमा सँगै बस्दै आएका छन्। डोरेस विज्ञानका विद्यार्थी हुन्। उनले जियोलोजीमा स्नातक गरेका छन्। सरोजले आइटीमा स्नातक सकाएका छन्।

बेरोजगारीले आफूहरुलाई कमेडियन बनाएको दुवैको तर्क छ।  भन्छन्,' ब्याचलरको परीक्षा दिए पछि हामी पूर्णरुपमा बेरोजगार भयौँ। हाम्रो काम भनेको दिनभरी चिया पसलमा बसेर गफ गर्ने मात्रै भयो। त्यही चिया पसलमा बसेर हामीले धेरै कुराहरु निरिक्षण गर्न र बुझ्न पायौँ। अनि हाम्रो सिर्जनशिलता यता तिर लगायौँ र हाम्रो एउटा टिम बन्यो। कमेडियन भयौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell