PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

घर उड्यो, बाबु आमा दुवै अस्पतालमा, विचल्लीमा परे यी तीन



पहिलोपोस्ट

घर उड्यो, बाबु आमा दुवै अस्पतालमा, विचल्लीमा परे यी तीन

  • सागर बुढाथोकी र बीपी साह-

बाराः बाराको पुरैनिया। घर माटोमै मिलेको छ। न्याउरो अनुहार लिएर १२/१३ वर्ष उमेरका लाग्ने सविर, समिन र अर्लुङ यताउता हेरिरहेका छन्। आइतवार साँझदेखि उनीहरुको पेटमा अन्न परेको छैन।

गाँउमा राहत नआएको होइन। तर, उनीहरु राहत कसरी लिने, कहाँ जाने? थाहा नै पाएका छैनन्। राहतबारे बेखवर नै छन् यिनीहरु। राहतका लागि दौडधुप र रस्साकस्सी गर्ने शारीरिक अवस्था समेत छैन। न कोही आफन्त नै आएका छन्, उनीहरुको अवस्था बुझ्न।

आइतवार साँझ आएको आँधीले मियाँ परिवारको घर पूरै भत्कियो। घर मात्र भत्किएन, घरभित्र रहेका सविर, समिन र अर्लुका बुबाआमा समेत त्यसमा नराम्ररी परे। गम्भीर घाइते भएका बुबाआमा अहिले वीरगंजको नेशनल मेडिकल कलेजमा जीवन मरणको लडाँइमा छन्।

बुबा सायद मिया र आमा नकिमा मियाँको प्रतीक्षामा छन् यी बालकहरु। कुनबेला अभिभावक आइपुग्लान् र खान देलान् भन्ने आशामा बाटोतिर आँखा लगाएर बसिरहेका छन्। आइतवार र सोमबारको दुवै रात उनीहरुले खान पाएनन्। रात खुला आकासमुनि नै विताउन वाध्य भए।

आँधीबेरीको समयमा उनीहरु घर बाहिर भएकाले दुर्घटनामा भने परेनन्। तर, अब कसरी गुजारा गर्ने भन्ने समस्या यिनीहरुमाथि थोपरिएको छ। मंगलवार दिउँसो मात्र भारतमा रहेका यिनीहरुका फुपु/फुपाजु यहाँ आइपुगेका छन्। बाबुआमा दुवै अस्पतालमा रहेको बेला पारीबाट आएका आफन्तले यिनीहरुलाई केही राहत मिलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell