PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सुनिल कुमार थापा भन्छन् 'अमेरिका पुगेकी सुहानालाई फकाएर फिल्ममा ल्याएँ'



पहिलोपोस्ट

सुनिल कुमार थापा भन्छन् 'अमेरिका पुगेकी सुहानालाई फकाएर फिल्ममा ल्याएँ'

काठमाडौं: फिल्म 'ए मेरो हजुर ३' प्रदर्शनको तयारीमा छ। निर्माण टिम यतिखेर फिल्म प्रचारमा नै व्यस्त छन्। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मका तस्वीरहरु सार्वजनिक हुन थालेका छन्।

निर्देशक झरना थापाले हालै फिल्मको एक तस्वीर सार्वजनिक गरिन्। तस्वीरमा उनकी छोरी सुहाना थापा र अनमोल केसी विवाह पहिरणमा देखिएका छन्।

यो सुहानाको डेब्यू फिल्म हो। डेब्यू फिल्ममा झरनाले आफ्नो छोरीलाई दुलही अवतारमा प्रस्तुत गरेकी छिन्। केही दिनअघि फिल्मको ट्रेलरसमेत सार्वजनिक गरिएको थियो।

झरना सुहानाको फिल्म करियरलाई लिएर निकै आशावादी छिन्। निर्माता सुनिल कुमार थापा पनि छोरीलाई कला क्षेत्रमा डेब्यू गराउँदा दंग छन्। भने 'हामी बुढा बुढी २३ वर्षदेखि इन्डस्ट्रीमा छौं। छोरी पनि इन्डस्ट्रीमा आओस् भन्ने इच्छा थियो। अमेरिकासम्म पुगेकी छोरीलाई फकाइफुलाई फिल्ममा ल्याएको छु।'  

फिल्म भने चैत २९ देखि प्रदर्शनमा आउँदैछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell