PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

हिन्दु राष्ट्रका पक्षमा तीस लाख जनाको हस्ताक्षर!



पहिलोपोस्ट

हिन्दु राष्ट्रका पक्षमा तीस लाख जनाको हस्ताक्षर!

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाका लागि थालेको देशव्यापी अभियानको आज तेश्रो दिन पनि हस्ताक्षर संकलन जारी छ। 

पार्टी अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडा र जनसंघर्ष परिचालन संयोजक वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले काठमाडौंमा हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर अभियानको थालनी गरेका हुन्। राप्रपाले ७७ वटै जिल्लामा हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर अभियान सञ्चालन गरेको छ। 

उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानहरुमा पार्टीका जिल्ला, क्षेत्र, महानगर, नगर र वडा समितिको सक्रियतामा छुट्टाछुट्टै स्थानमा हस्ताक्षर संकलन गर्ने कार्य भइरहेको छ भने पार्टी निकट विद्यार्थी संगठनले विभिन्न क्याम्पस र चोकहरुमा हस्ताक्षर संकलन गरिरहेको छ। 

हालसम्मको हस्ताक्षरको तथ्यांक यकिन नभइसकेको तर देशैभर जुन उत्साहका साथ हस्ताक्षर संकलन कार्य भइरहेको छ, पार्टीका विभित्र निकायले दिएको सूचनाका आधारमा हालसम्म तीस लाख भन्दा बढीले हस्ताक्षर गरिसकेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठको दाबी गरे। 
हस्ताक्षर अभियानमा युवा, विद्यार्थी, महिला र हरेक उमेर समूहका व्यक्ति सहभागी भइरहेको र यहि क्रम जारी रहे एक करोड हस्ताक्षर पुग्ने बताए। 

राप्रपाले हिन्दु राष्ट्र कायम गरिनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि गोलमेच सम्मेलन हुनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राखी गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। जनसंघर्ष अन्तर्गत नै राप्रपाले १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell