PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

उपचारका क्रममा नाबालक फैयाजको मृत्यु, आँधीबेहरीमा मर्नेको संख्या पुग्यो २८



पहिलोपोस्ट

उपचारका क्रममा नाबालक फैयाजको मृत्यु, आँधीबेहरीमा मर्नेको संख्या पुग्यो २८

काठमाडौं : आइतबार साँझ आएको आँधीबेहरीमा परी घाइते भएका एक नाबालकको उपचारका क्रममा मृत्यु भएको छ।

मंगलवार दिउँसो उपचारका क्रममा बारा जिल्ला फेटा गाँउपालिकाका ५ वर्षीय फैयाज आलमको मृत्यु भएको हो। नेशनल मेडिकलकले वीरगंजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुरमा भट्टाराईले जानकारी दिए।

आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्मको विनाशकारी हावाहुरीमा परी ज्यान गुमाउने सबै जनाको सनाखत भएको गृह मन्त्रालयले जनाएको छ।

बारा जिल्लाका २७ जना र पर्सा जिल्लाका १ जना गरी २८ जनाको निधन भएको हो। तीमध्ये पुरुष १० जना, महिला ११ र ७ जना बालबालिका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell