PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

आँधीबेरी पीडितलाई एक करोड राहत दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय



पहिलोपोस्ट

आँधीबेरी पीडितलाई एक करोड राहत दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीको कारणले ज्यान गुमाए, घाइते भएका र विस्थापित भएका परिवारलाई एक करोड राहत दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकपछि मन्त्री शाहले प्रदेश नम्बर २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताए। साथै प्रदेशका सांसदको एक दिनको पारिश्रमिक पनि दिने निर्णय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell