PahiloPost

Nov 5, 2025 | २० कात्तिक २०८२

आइसीसी यू १९ वर्ल्डकप क्वालिफायरको लागि नेपाली टोली घोषणा



पहिलोपोस्ट

आइसीसी यू १९ वर्ल्डकप क्वालिफायरको लागि नेपाली टोली घोषणा

काठमाडौँ : मलेसियामा यही अप्रिल १० देखि १८ सम्म आयोजना हुने आइसीसी यू-१९ वर्ल्डकप क्वालिफायर एसियाको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ।

एसियन रिजनको क्वालिफायरको तयारी गर्न भारत गएको १८ खेलाडीको सूचीबाट अन्तिम टोली छनोट गरिएको हो।

जसमा राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान रोहितसहित पवन सर्राफ, सन्दिप जोरा लगायत खेलाडी छन्। यस्तै भिम सार्की, आसिफ शेख पनि छन्।

यसैगरी अभिषेक बस्नेत, प्रतिश जिसी, हरि बहादुर चौहान, कुशल मल्लले पहिलो पटक यू-१९ टोलीमा स्थान बनाएका छन्। गत सेप्टेम्वरमा बंगलादेशमा भएको यू-१९ एसिया कप खेल्ने टिममा रहेका रवि शाह, रविन्द्र शाही, नन्दन यादव र तृत राज दास भने यस पटक टिममा छैनन्।

रवी वैकल्पिकमा छन्। रवीसँगै आकाश चन्द, लोकेन्द्र बहादुर बम र शेर मल्ल वैकल्पिकमा छन्।

नेपाली टोली यही शनिबार मलेसिया प्रस्थान गर्ने टिमका व्यवस्थापन तथा एनालिस्ट रमन शिवाकोटीले जनाएका छन्।

क्वालिफायरमा नेपालसहित युएई, मलेसिया, सिंगापुर, ओमान र कुवेतले प्रतिस्पर्धा गर्नेछन्।

लिगचरणको खेलपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ वर्ल्डकपको लागि छनोट हुनेछ।

 

१४ सदस्यीय नेपाली टोली:
रोहित पौडेल (कप्तान), आशिफ सेख, पवन सर्राफ, सन्दिप जोरा, भीम सार्की, रित गौतम, कमलसिंह ऐरी, रसिद खान, सागर ढकाल, कुशल मल्ल, अभिशेक बस्नेत, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ

वैकल्पिक खेलाडी : रवीकुमार साह,आकाश चन्द, लोकेन्द्र बहादुर  बम, शेर मल्ल

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell