PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एएफसी कप : घरेलु मैदानमा अबहानीसँग खेल्न मनाङ तयार



पहिलोपोस्ट

एएफसी कप : घरेलु मैदानमा अबहानीसँग खेल्न मनाङ तयार

काठमाडौँ : एसियाली फुटबल महासंघको आयोजनामा भएको एएफसी कप २०१९ अन्तर्गत समूह ई को पहिलो खेलमा नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले बुधवार बंगलादेशी क्लब अबहानी लिमिटेड ढाकासँग प्रतिस्पर्धा गर्दैछ।

मंगलवार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै क्लबका प्रशिक्षक र कप्तानले खेलका लागि तयार रहेको बताएका छन्।

खेल नेपाली समयअनासर दिउँसो ३ बजे एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ। अबहानी बंगालदेश प्रिमियर लिगको च्याम्पियन टोली हो।

मनाङका प्रशिक्षक छिरिङ लोप्सान गुरुङले अबहानीसँग खेल्न टिम तयार रहेको बताए। 'हामी घरेलु मैदानमा खेल्दैछौँ र पूर्ण रुपमा तयारी अवस्थामा छौँ।' गुरुङले भने।

यस्तै मनाङका कप्तान विराज महर्जनले दुवै टिम समान स्तरको रहेको र आफ्नो टिम अबहानीसँग खेल्न पूर्ण रुपमा तयार रहेको बताए।

'हामी शारिरिक र मानसिक रुपमा तयार छौँ। अबहानी राम्रो टोली हो। हाम्रो टिम पनि राम्रो छ।' महर्जनले भने।

यस्तै अबहानीका पोर्चुगिज प्रशिक्षक मारियो लेमोसले घरेलु टोली मनाङसंग ३ अंकको लागि खेल्ने बताए। उनले पहिलो खेल महत्वपूर्ण हुने समेत बताए। लेमोसले मनाङसँग खेल्नको लागि अगाडि देखि नै खेलाडीहरुको फलो गरिरहेको बताए।

अबहानीका कप्तान शहिदुल अलाम सोहेलले पनि ३ अंककै लागि खेल्ने बताए।

समूह इ अन्तर्गत भोली नै दुई भारतीय क्लब मिनेर्भा पञ्जाव र चेन्नायिन एफसीबीच खेल हुँदैछ।

मनाङले एएफसी कप अन्तर्गत अबहानीसँगको खेलको लागि होम जर्सी समेत सार्वजनिक गरेको छ। यसै खेलदेखि मनाङले केल्मीले उत्पादन गरेको जर्सी लगाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell