PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

'दबंग ३'को शीर्ष गीतमा ५०० कोरस



पहिलोपोस्ट

 'दबंग ३'को शीर्ष गीतमा ५०० कोरस

सलमान खानको अभिनय रहने फिल्म 'दबंग ३'को छायाँकन सुरु भइसकेको छ। निर्माण टिम यतिखेर फिल्मको गीत छायाँकन गर्ने तयारीमा छन्।

बलिउड हंगामाका अनुसार यतिखेर निर्माण टिम फिल्मको शीर्ष गीत छायाँकन गर्ने तयारीमा छन्। गीतमा ५०० कोरसहरु समावेश रहनेछन्। गीतलाई १३ दिन लगाएर छायाँकन गरिने बताइएको छ।

त्यसपछि फिल्मको छायाँकन महाराष्ट्रमा ८० दिन हुनेछ। निर्माण टिम आगामी डिसेम्बरमा फिल्म प्रदर्शन गर्ने तयारीमा छन्। प्रिक्वेलमा भन्दा तेस्रो संस्करणको कथा पनि फरक रहने टिमले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell