PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नेपालका धर्म महर्जनले बोस्टन म्याराथनको १२३औं संस्करणमा दौडिने



पहिलोपोस्ट

नेपालका धर्म महर्जनले बोस्टन म्याराथनको १२३औं संस्करणमा दौडिने

काठमाडौं : नेपाली धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन्। फुल म्याराथनको ४५ वर्षमाथि उमेर समूहमा धर्मले नेपालको प्रतिनिधित्न गर्न लागेका हुन्।

उनीसंगै प्रशिक्षकका रुपमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर पनि बोस्टन जाने छन्।

उनीहरुलाई डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा. खगेन्द्रबहादुर श्रेष्ठ र गायक बुद्धवीर लामाले मंगलबार एक बिदाइ गरे। टोली मंगलबारै बोस्टन प्रस्थान गरेको छ।

बोस्टन म्याराथन विश्वकै पुरानो म्याराथन मानिन्छ। अहिले हुन लागेको म्याराथन १२३औं संस्करण हो। बोस्टन म्याराथन बैशाख २ गते हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell