PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

आइपीएल : श्रेयास गोपाल र बटलरले राजस्थानलाई पहिलो जित दिलाए, कोहलीको बैंगलोरको लगातार चौथो हार



पहिलोपोस्ट

आइपीएल : श्रेयास गोपाल र बटलरले राजस्थानलाई पहिलो जित दिलाए, कोहलीको बैंगलोरको लगातार चौथो हार

विराट कोहलीको कप्तानमी रहेको रोएल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा लगातार चौथो हार बेहोरेको छ।

बलिङ श्रेयास गोपाल र ब्याटिङमा जोस बटलरले उत्कष्ट प्रदर्शन गरेपछि राजस्थान रोएल्सले बैंगलोरलाई ६ वकेटले पराजित गरेको हो। यसअघि लगातार ३ खेल हारेको राजस्थानले यस सिजन पहिलो पटक अंक जोडेको छ। उता लगातार चौथो हारपछि बैंगलोरभने अंकविहिन छ।

घरेलु मैदान जयपुरमा टस जितेर पहिले बलिङ रोजेको राजस्थानले बैंगलोरलाई १५८ रनमा रोक्न सफल भएको थियो। स्पिनर श्रेयास गोपालले बैंगलोरका कप्तान विराट कोहलीसहित ए बी डे भिलियर्स सिमरोन हेयतमारको विकेट लिएका थिए। बैंगलोरका लागि ओपनर पार्थिप पटेलले सर्वाधिक ६७ रन बनाए। यस्तै यस सिजन पहिलो खेल खेलेका मार्कुस स्टोइनिसले नटआउट ३१ रन बनाए। मोइन अलीले ९ बलमा नटआउट १८ रन जोडे।

राजस्थानका लागि श्रेयास गोपालले ४ ओभरमा १ मेडन राख्दै १२ रन मात्र खर्चेर ३ विकेट लिए।

जवाफमा १५९ रनको लक्ष्य राजस्थानले एक बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गरेको हो।

राजस्थानलाई पहिलो जित दिलाउने क्रममा बटलर अर्धशतकिय इनिङ्स खेल्दै सर्वाधिक ५९ रन बनाए। यस्तै स्टिभ स्मिथले ३८ र कप्तान अजिन्का रहानेले २२ रन बनाए। राहुल त्रिपाटीले नटआउट ३४ रन बनाए।

बैंगलोरका युजभेन्द्र चहालले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell