PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड वल्भ्ससँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड वल्भ्ससँग पराजित

प्रिमियर लिगमा वल्भ्ससँग पराजित भएपछि मुयानचेषटर युनाइटेडले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। लिग अन्तर्गत गउराती भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा युनाइटेड वल्भ्ससँग २-१ ले पराजित भएको हो।

युनाइटेडले एक गोल आत्मघाती गरेको थियो भने दोस्रो हाफमा १० खेलाडीमा झरेको थियो।

खेलको १३औँ मिनेटमा स्कट म्याकटोनिमनेले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए।

डिएगो जोटाले त्यसको १३ मिनेटपछि नै वल्भ्सका लागि बराबरी गोल फर्काए। ५७औँ मिनेटमा एस्ले योङ रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा झरेको थियो। त्यसपछि युनाइटेड आफ्नै गल्तीले पछि पर्‍यो। ७७औँ मिनेटमा युनाइटेडका क्रिस स्मालिङले आत्मघाती गोल गरेपछि वल्भ्सले २-१ को अग्रता बनायो र वल्भ्सलाई ३ अंक दिलाउन त्यही गोल निर्णायक बन्यो।

हारपछि युनाइटेड ३२ खेलबाट ६१ अंकका साथ पाँचौ स्थानमा छ। वल्भ्स समान खेलबाट ४७ अंक जोड्दै सातौँ स्थानमा छ।

यस्तै वाटफोर्डसँग ४-१ ले पराजित भएपछि पुलहम यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टिम बनेको छ। यसअघि नै हडर्शफिल्ट रेलिगेशनमा परिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell