PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

देशभरका न्यायाधीश काठमाडौँमा, आजदेखि तीन दिनसम्म अदालतमा मुद्दा नहेरिने



पहिलोपोस्ट

देशभरका न्यायाधीश काठमाडौँमा, आजदेखि तीन दिनसम्म अदालतमा मुद्दा नहेरिने

काठमाडौँः न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन (आज) बुधबारदेखि सुरु हुँदैछ। देशभरका करिब चार सय न्यायाधीश सम्मेलनका लागि काठमाडौँमा भेला भइसकेका छन्। तीन दिनसम्म चल्ने सम्मेलन अवधिभर सर्वोच्च, उच्च र कुनै पनि जिल्ला अदालतमा मुद्दाको पेसी तोकिने छैन।

धेरै जिल्ला अदालतहरूमा भने मंगलबार नै पेसी तोकिएन।

बुधबार दिउँसो २ बजेबाट औपचारिक रूपमा सम्मेलन उद्घाटन हुनेछ। सम्मेलनले नयाँ मुलुकी संहिता कार्यान्वयनमा न्यायपालिकाको भूमिका, न्यायाधीश आचारसंहिता र कार्यान्वयन, न्यायपालिकाको भावी रणनीति लगायतका विषयमा छलफल गर्नेछ।

छलफलमा पेस भएका कार्यपत्रमाथिको विभिन्न समूहमा बहस भएपछि काठमाडौँ घोषणापत्र जारी हुनेछ। शनिबार काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम छ।

सर्वोच्च लगायतका उपत्यका आसपासका अदालतमा आइतबारदेखि मुद्दाको नियमित पेसी तोकिनेछ। टाढाका अदालतहरूमा भने सोमबारदेखि मात्र मुद्दा सुनुवाइ हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell