PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

'सुर सरगम'मा स्मुल आइडल विजेतालाई पुरस्कार



पहिलोपोस्ट

'सुर सरगम'मा स्मुल आइडल विजेतालाई पुरस्कार

सुर सरगम सांगीतीक कार्यक्रम आयोजना हुने भएको छ।  हाम्रो सुर सरगम नामक सांगीतिक समुहको आयोजनामा चैत २३ गते कार्यक्रम हुने भएको हो।

कार्यक्रममा संगितकार ओमप्रकाश राई, गायक कुशल थुलुङ, गायक महेन्द्र राई, गायिका दिपा तामाङ र हाँस्य कलाकार उमेश राई (फुलन्देको आमा) ले प्रस्तुति दिनेछन्।

धरानको सभागृहमा हुने सांगीतीक कार्यक्रममा स्मुल आइडल दोस्रो संस्करणका विजेताहरुलाई पुरस्कार वितरण पनि गरिने बताइएको छ।  उक्त सांगीतिक प्रतियोगितामा दार्जिलिङकी तार्मी लेप्चा, काठमाडौंका विनोदराज तिवारी र सिक्कीमका सागर तामाङ क्रमश: पहिलो, दोस्रो र तेस्रो भएका थिए। त्यस्तै चौथो उपाधी धरानका प्रेम लामाले जितेका थिए। 


कार्यक्रमका संयोजक रमेश राईका अनुसार विजेताले एउटा गीत रेर्कड गर्न पाउने छन्। दोश्रोले इलेक्ट्रीक गिटार, तेश्रोले हार्मोनियम र चौथोले अकुस्टीक गिटार साथमा ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। दोश्रो संस्करणको आइडलमा २ सय १६ जना कलाकारहरू सहभागी रहेको थियो । आइडलका निर्णायकमा वरिष्ठ संगितकार ओमप्रकाश राई, बिबि अनुरागी र कुशल थलङ रहेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell