PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

घर नेपाल, भोट भारतमा! जागरण लेख्छ : नेपालीहरु चुनाव प्रभावित पार्नेगरी भोट हाल्न भारत छिर्छन्



पहिलोपोस्ट

घर नेपाल, भोट भारतमा! जागरण लेख्छ : नेपालीहरु चुनाव प्रभावित पार्नेगरी भोट हाल्न भारत छिर्छन्

भारतमा अप्रिल ११ बाट लोकसभा निर्वाचन हुँदैछ। सात चरणमा हुने निर्वाचनको उम्मेदवारी दर्ता गराउने कार्य सुरु भइसकेको छ भने प्रचारप्रसारको काम पनि धमाधम भइरहेको छ।

भारतसँग सीमा जोडिएको नेपालका जिल्लाहरुमा पनि निर्वाचन चहलपहल सुरु भएको छ। अघिल्ला वर्ष झै चुनावमा नेपाली मिडियामार्फत् भोट माग्नेक्रम यसपाला पनि चल्ने सम्भावना छ। विशेषगरी उत्तर प्रदेश र बिहारको चुनावी अभियानमा नेपाल कनेक्सन अलि बढी नै देखिन्छ।

भारतीय पत्रिका जागरणले गरेको दावी अनुसार उम्मेदवारहरु अहिले नेपालतिर भोट माग्नेक्रम सुरु भएको छ। 'ती क्षेत्रमा रहेका कयौं नेपालीले हाल भारतीय नागरिकता समेत लिएको र उनीहरुको मन जित्न लोकसभा उम्मेदवारहरु नेपालमा धाउन थालेको' खबर जागरणको अनलाइन संस्करणमा प्रकाशित छ।

नेपाल र भारतको सीमा क्षेत्रमा रहेका गाउँहरुसँग 'रोटी र छोरीको सम्बन्ध' रहेको भन्दै जागरणले धेरै नेपालीहरु व्यवसायका लागि भारतमा रहेको उल्लेख गरेको छ।

लोकसभामात्र नभइ भारतको विधानसभा र पंचायत निर्वाचनमासमेत् दोहोरो नागरिकता लिएका नेपालीहरुको अहम् भूमिका रहने जागरणको दाबी छ।

निर्वाचन सुरु भएसँगै उम्मेदवारहरुले नेपालमा रहेका दोहोरो नागरिकताधारीहरुलाई प्रभाव पार्न कोसिस गर्ने गरेको उल्लेख गरिएको छ।

सिद्धार्थनगर, महाराजगंज र गोरखपुरमा रहेका हजारौं मतदाताको घर नेपालमा रहेको र निर्वाचनका समयमा सिंगो गाउँ नै भारतमा आएर मत हाल्ने गरेको समाचारमा दावी गरिएको छ। उनीहरु मतदानको एकदिन अघि नै मतदानकेन्द्र नजिक आइपुग्ने गरेको बताइएको छ।

जागरणका अनुसार दोहोरो नागरिकता लिएका नेपालीले लोकसभा निर्वाचनलाई प्रभावित गर्ने प्रयास सुरु भइसकेको छ। उम्मेदवारहरु आफै नभए पनि एजेन्टहरु माध्यमबाट नेपालीहरुको पहुँचसम्म पुग्ने बताइएको छ। उम्मेदवारहरुले मत खसाल्नका लागि भारतमा आउने बस्ने सबै खर्च बेहोर्ने गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell