PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राहत बाँड्दै गरेको 'भाइरल फोटो'बारे यसो भन्छिन् अञ्जु पन्त



पहिलोपोस्ट

राहत बाँड्दै गरेको 'भाइरल फोटो'बारे यसो भन्छिन् अञ्जु पन्त

काठमाडौं: गायिका अन्जु पन्तले राहत बाँड्दै गरेका तस्वीर यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ। हावाहुरीबाट प्रभावितहरुलाई राहतसँगै 'बाइबल' बाँडेको आरोपमा उनी आलोचित भइरहेकी छिन्।

पछिल्लो समय इसाई धर्म अबलम्बन गरेदेखि उनी धार्मिक विवादमा अक्सर तानिन्छिन्।

अहिले भाइरल भइरहेका तस्वीर भने अन्जु पन्त नामको 'फेक अकाउन्ट'बाट सार्वजनिक भएको पन्तले दाबी गरिन्।

'त्यो फेक अकाउन्ट हो। मेरो अर्जिनल चाहीँ अन्जु पन्त एस टाइप गरेपछि अलिकति तल फाउन्डेसन आउँछ,' अन्जुले पहिलोपोस्टलाई भनिन्, 'त्यसमा क्लिक गरेपछि चारवटा प्रोपट्री चाहीँ मेरो हो।'

अकाउन्टबाट लगातार राहत बाँड्दै गरेका तस्वीरहरु सार्वजनिक भइरहेका छन्। उक्त काउन्टको लाइक भने २ लाख ७६ हजार बढी छ।

एकहप्ता अघि तराईका केही जिल्लामा सहयोग गरेर आएको उल्लेख गर्दै उनले भनिन्, 'पछिल्लो समय एक हप्तासम्म राहत वितरणका लागि टाढा पुग्दा मेरो पिठ्यूँमा समस्या पनि देखिएको छ। पर्सा, झापा, मुसहर र चेपाङ जाति र एचआइभी लागेकाहरुलाई राहत दिन गएको थिएँ।'

हावाहुरीपछि भने राहत बाँड्न बारामा नगएको उनले बताइन्। भनिन्, 'म जान पाइनँ, पिठ्यूँ दुखेर। आज म रेडियो नेपालमा थिएँ। नभएको समाचारहरु आउन थाल्यो। म बारा गएको भए के हुन्थ्यो सोच्दैछु। तर मैले फाउण्डेसनबाट सहयोग स्वरुप त्रिपाल र झुलहरुको लागि पैसा पठाइसकेकी छु।'

भाइरल भएका तस्वीरमा बाइबल भनिए पनि त्यो स्टेसनरी सामाग्री रहेको उनको दाबी छ।

 'यस्तो फोटोले मलाई उत्साह दिँदैन। कमाएर राहत वितरण गर्छु,' उनले भनिन्। 

यता प्रहरीले फेक अकाउन्ट सञ्चालकलाई खोजिरेहको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell