PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कर्णालीमा क्रिकेट क्रेज बढ्दो : सरकारी पक्ष निरिह बनेपछि खेल मैदान बनाउन तात्दै नीजि क्षेत्र



पी बी खड्का

कर्णालीमा क्रिकेट क्रेज बढ्दो : सरकारी पक्ष निरिह बनेपछि खेल मैदान बनाउन तात्दै नीजि क्षेत्र

सुर्खेत: कर्णाली प्रदेशको राजधानीमा खेलमैदानको अभाव खड्किएको छ। पछिल्लो समय देश विदेशमा लोकप्रिय बनेको क्रिकेट खेलका लागि खेल मैदान सुर्खेतमा छैन। स्थानीय र प्रदेश सरकारले समेत क्रिकेट मैदान निर्माणमा कुनै चासो नदेखाएपछि नीजि क्षेत्र आफैँ खेलमैदान निर्माण गर्न जुटेका छन्। उचित खेल मैदान नभएकै कारणले प्रदेशमा हुने खेल सञ्चालन गर्नसमेत समस्या भएको कर्णाली क्रिकेट एकेडेमीका अध्यक्ष जीवन शाही बताउँछन्।

अहिले किक्रेट खेल्न प्रयोग गरिएको कालुङचोक मैदानको जग्गा पनि विभिन्न संघ संस्थाको नाममा रहेको हुँदा दीर्घकालीन खेलमैदानका लागिसमेत समस्या देखिएको छ।

विगतदेखि नै खेलमैदानको अभाव झेल्दै आएको कर्णालीमा खेलका गतिविधि बढे पनि भौतिक पूर्वाधारका संरचनाहरु नहुदाँ प्रतियोगिता सञ्चालनमा समस्या हुने गरेको अध्यक्ष शाहीको भनाई छ।

विगतमा छिटफुट रुपमा हुने क्रिकेट प्रतियोगिता अहिले भने वर्षमा एक दुईवटा साना ठुलो टुर्नामेन्ट हुने गरेका छन्। गत वर्षमात्रै पहिलो संस्करण कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो भने, आगामी वैशाखमासमेत दोस्रो संस्करणको तयारी थालिएको छ। कर्णाली क्रिकेट एकेडेमीले आयोजना गरेको उक्त प्रतियोगिता स्वयं आयोजक नै खेलमैदान निर्माण गर्न लागि परेको छ।

एकेडेमी नीजिस्तरबाटै आफ्नो लगानीमा वीरेन्द्रनगरस्थित कालुङचोक खेलमैदानलाई थप मर्मत सुधार गर्न जुटेको छ। एकेडेमीले अहिले तत्काल ४ लाखको लागतमा मर्मत सुधार गर्न लागेको एकेडेमीका अध्यक्ष शाहीले जानकारी दिए। ‘हामीले अहिले समय छोटो भएकाले तत्काल एक लाखको तयारी गरी खेलमैदान निर्माणमा जुटेका थियौँ।’ उनले भने,‘अब करिव ४ लाख लाग्ने अनुमान छ, खेलमैदानमा सम्म्याउने, घेरावार गर्ने लगाएतको काम हुने छ।'

सुर्खेतमा दिन प्रतिदिन क्रिकेटप्रति क्रेजले बढ्दै त गएको छ तर गतिलो खेल मैदान नहुदाँ खेलाडीहरुलाई समस्या हुने गरेको किक्रेट पारखी मानबहादुर खड्काको भनाई छ। ‘बिषेश गरेर संघीय राजधानी र शहरी क्षेत्रमा बढी खेलिने क्रिकेटको लोकप्रियता पछिल्लो समय पहाडी हुदै हिमाली क्षेत्रसम्म लोकप्रिय बनेको छ,’ उनले भने, ‘सुर्खेतमा आयोजना हुने क्रिकेट खेलका लागि उपयुक्त खेल मैदान नहुँदा खेलाडीलाई समस्या भएको छ।’

पछिल्लो समय क्रिकेटप्रतिको मोह शहरदेखि गाउँसम्म छाएको छ। खेलाडीदेखि हेर्नेसम्म क्रिकेटको मोह उस्तै छ। हालै मात्र वीरेन्द्रनगरमा सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगितको छनौटमा रुकुम पश्चिम, दैलेख, सल्यान लागायतका जिल्लाबाट खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए। त्यसैले पनि थाहा हुन्छ कि, क्रिकेट प्रति क्रेज बढ्दै गएको।

गतबर्ष पहिलो पटक संञ्चालन भएको कर्णाली प्रिमियर लिगमा प्रतियोगिताको फाइनल खेल हेर्न करिब पाँच हजारको संख्यामा दर्शक मैदानमा पुगेका थिए। कर्णाली प्रिमियर लिगका संयोजक रेशम शाही भने, ‘नियमित रुपमा प्रतियोगिताहरु सञ्चालन गर्न सक्ने हो भने यो संख्या अझै बढ्नेछ।’ फेरि थपे,‘मैदान नै नहुँदा अहिले दोस्रो संस्करणको केपिएल संञ्चालन गर्न निकै समस्या भएको छ। त्यसका लागि खेल मैदान तयारीमा लागेका छौँ।’ 

प्रतियोगित संञ्चालन गर्ने जोश, जागर र ईच्छा हुदाँहुदै पनि खेल मैदानको अभावले निराशा छाएको उनले बताए।

यता, जिल्ला किक्रेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केसीले मैदान नहुदाँ प्रतियोगिताहरू सञ्चालन गर्न नसकिएको बताउँछन्। उनले मैदानकै अभावमा खेलाडीहरूले पनि अभ्यास र प्रशिक्षण गर्न नपाएको बताए। उनले खेल मैदानको लागि प्रदेश सरकारसंग बारम्बार आग्रह गर्दा पनि अहिलेसम्म कसैले पनि चासो नदेखाएको दुखेसो गरे। ‘प्रदेश सरकारले आफुहरुसँग कुनै पनि अधिकार छैन भन्छन्,’ उनले भने,‘उपत्यका नगर विकास समिति जग्गानै छैन भन्छ, कसरी खेलमैदान निर्माण गर्ने, खेलको विकासमा निकै चुनौती थपिएको छ। जसले गर्दा कर्णालीमा आफहुरुले खेलकुदका गतिविधि अपेक्षाअनुसार सञ्चालन गर्न सकिरहेका छैनौँ।’

कर्णालीको राजधानीमै किक्रेट मैदान नहुँदा अहिले प्रयोग भईरहेको कालुङ्चोक मैदानलाई किक्रेट मैदानको रुपमा विकास गर्नुपर्नेमा उनको जोड छ। कालुन्चोक मैदान केही सरकारी कार्यलयको नाममा भएपनि अहिले ति कार्यलयहरु खारेज भईसकेकाले त्यसलाई क्रिकेट मैदान बनाउनुको विकल्प नभएको उनको भनाई छ।

जग्गा नपाउँदा बजेट फ्रिज

सरकारले सातै प्रदेशमा किक्रेट निर्माणको लागि १–१ करोड बजेट छुट्याएको थियो।  तर, रकम छुट्याएपनि जग्गा नभएकै कारण रकम कामै नभएर फिर्ता भएको क्रिकेट संघका अध्यक्ष केसीले बताए । ‘केन्द्र सरकरमार्फत (जिल्ला खेलकुद विकास समितिमा) पत्येक प्रदेशलाई एक करोडको दरले आएको थियो।’ उनले भने,‘क्रिकेट मैदान बनाउन उपयुक्त जग्गा नपाउँदा त्यो रकम काम नै नभएर फिर्ता भयो।’

कर्णाली प्रदेशकै राजधानी वीरेन्द्रनगरमा खाली जग्गा नहुदाँ किक्रेट मैदानको लागि समस्या त देखिएको छ नै त्यसमा प्रदेश र स्थानीय सरकार भने चुप छन्।

यता, प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुदकै विकास गर्ने भनेर ५० लाख विनियोजन गरेको थियो। उक्त रकम कुनै खेलमैदाननै निर्माण नगरी सामाजिक विकास मन्त्रालयले केही महिना अघिमात्रै महिला, पुरुष भलिवलमै झण्डै ५५ लाख स्वाहा पारेको दावी छ। प्रदेशकै राजधानी खेलमैदान अभाव रहेको अवगत हुदाँहुदै पनि कुनै चासो भने देखाएको छैन्।

मन्त्रालयका सचिव डाक्टर मानवहादुर विकेले खेलमैदानको लागि कर्णालीका विभिन्न जिल्लामा काम भईरहेको बताए। तर, क्रिकेटकै लागि भनेर खासै काम हुन नसकेको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell