PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ढिलो न्याय दिनु न्याय नदिनु सरह हो : राष्ट्रपति भण्डारी



रोजन श्रेष्ठ

ढिलो न्याय दिनु न्याय नदिनु सरह हो : राष्ट्रपति भण्डारी

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ढिलो न्याय दिनु न्याय नदिनु सरह भएको बताएकी छिन्। आज न्यायाधीशहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उक्त भनाई राखेकी हुन्।

 

'ढिलो न्याय दिनु न्याय नदिनु सरह हो। न्याय नपाए गोर्खा जानु भन्ने जनबोली आजको सन्दर्भमा उत्तिकै सामयिक छ। न्यायमा ढिलाई नगरौं,' राष्ट्रपति भण्डारीले भनिन्।

 

नेपालको न्यायपालिका एक स्वतन्त्र सक्षम, र निष्पक्ष रहेको उल्लेख गर्दै उनले बदलिएको बेला थप सुदृढ पार्नु आवश्यक रहेको बताइन्।

 

न्यायिक स्वतन्त्रता न्यायाधीशको लागि नभएर जनताको न्यायको लागि भएको राष्ट्रपतिको भनाई थियो।  'न्यायिक स्वतन्त्रता न्यायाधीशका लागि उन्मुक्ति नभएर जनताको न्यायका लागि हो,' भण्डारीले भनिन्।

 

केही संस्थाहरुलाई भ्रमित बनाउन खोजेकोमा भने राष्ट्रपतिले असन्तुष्टि जनाइन्। भनिन्, 'जनसाधारणलाई दिग्भ्रमित पार्ने जस्ता कामहरु हुँदै छ। कुनै व्यक्तिको आचरणलाई लिएर सम्पूर्ण संस्थालाई विवादित बनाउन खोज्ने कामलाई समयमै निरुत्साहित पार्नु जरुरी छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell